काठमाडौं : ‘बिनिता साइन्टिस्ट बन्छु भन्थी’
एकाएक विजयको बोली अवरुद्ध भयो। आँखाबाट झर्न लागेका आँसुमा उनको हात पुग्यो।
‘म डाक्टर बन्छु भन्दा बिनिताले पनि डाक्टर नै भन्छु भनेकी थिर्इ,’
यतिखेरसम्म विजयको आवाज रुन्चे भइसकेको थियो। बोल्न कठिन।
शुक्रवार नेपालटारका सडक नदीमा रुपान्तरित हुँदा १० वर्षीया बिनिता फुयाँल चोकको पसलबाट घरतिर जाँदै थिइन्।
साथी रिदम नेपाल सँगै थिए। एक्कासी बिनिताको खुट्टा चिप्लियो। रिदमले हेर्दाहेर्दै सडकमा भरिएको पानीले बिनितालार्इ निल्यो।
नेपालटारबाट निलेको सडकमाथिको पानीले बिनितालार्इ सेरामी खोला, विष्णुमती हुँदै करिब १ घण्टापछि प्रहरीले तीन किलोमिटर तल चौमती खोला पुर्या यो। यति हुँदा पनि जीवितै उद्धार गरियो उनको। त्रिवि शिक्षण अस्पताल पुर्याइयो पनि। पानीले निलेको बिनितालार्इ चिकित्सकले बचाउन भने सकेनन्।
विजय र बिनिताको हरेक कुरामा झगडा हुन्थ्यो। अब त्यो टुटेको छ।
‘बिनिताका ह्यान्डराइटिङ देखेर रिस गर्थेँ,’ विजयका ओठबाट शब्द मुस्किलले फुटिरहेको छ।
घरमा आएका मानिससँग सान्त्वनाका पोकाहरु धेरै छ। ‘जे भयो भयो दैवको देन हो दैवले नै लग्यो अब रुनुहुँदैन,’ यसै भन्छन् धेरैले।
उनी रुन चाहन्नन्। तर आँसु रोक्न सक्दैनन्।
त्यसदिन स्कुल बिदा थियो। पसलमा बसेकी छोरी घर जान्छु भनेपछि बाबुले भने, 'पानी रोकिएपछि जाऊ।'
आकाशबाट पानी बर्सने क्रम घट्यो। उनी बाटो लागिन्। आकाश थामिए पनि धर्तीमा झरेको पानी भेल बनेर सडकमा मडारिरहेको थियो।
स्वागतम् चोकमा रहेको मिठाइ पसलमा काम गरिरहेका बिनिताका बुवा झम्कनाथ आमा सुशीलालार्इ कसैले छोरी पानीमा डुबेको कुरा सुनायो। उनीहरु बेहोसीमै दौडिए।
बिनिताकी आमा शुक्रबारदेखि ओछ्यानमै छिन्। होस गुमेको छ।
'बहिनीलार्इ निलेको ढलको पानीले विजयलार्इ पनि निल्दैन भन्ने के भर?,' झम्कनाथ प्रश्न गर्छन्।
'राजधानीकै सडक यसरी अस्तब्यस्त हुनुमा कसको जिम्मेवारी?,' उनको स्वर उँचो हुन्छ।
सरकारले त २५ हजार दिएको छ। तर, जसको लापरबाहीले बिनिताको ज्यान गएको छ उनीहरुलार्इ कारबाही नभए त्यसको के अर्थ?
‘ढलमा डुबेर मुत्यु हुनेको समाचार हेर्दै आएको थिएँ। तर, आज आफ्नै सन्तान गुमाएको छु। अब कसैलार्इ यस्तो नहोस्,’ उनको पुकार।
स्कुलमा राम्रो विद्यार्थीको रुपमा गनिएकी थिइन्। कक्षाकोठामा बिनिताले बनाएका चित्रहरु जस्ताको तस्तै छन्। नभएको त उनीमात्र न हुन्।