PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

राप्रपा बैठकद्वारा अध्यक्ष थापाको राजनीतिक प्रस्ताव पारित, राणा र चन्द अनुपस्थित



रासस

राप्रपा बैठकद्वारा अध्यक्ष थापाको राजनीतिक प्रस्ताव पारित, राणा र चन्द अनुपस्थित

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्य सम्पादन समितिको आज बसेको बैठकले अध्यक्ष कमल थापाद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन पारित गरेको छ। 

 प्रतिवेदन राप्रपाको भोलिदेखि सुरु हुने केन्द्रीय कार्य समितिको बैठकमा प्रस्तुत हुने पार्टीका सहायकमन्त्री राजाराम बर्तौलाले जानकारी दिए। 

यसैगरी महामन्त्री जयन्त चन्दद्वारा प्रस्तुत सचिवालय, अर्का महामन्त्री ध्रुवबहादुर प्रधानद्वारा प्रस्तुत स्थानीय तह निर्वाचन र कोषाध्यक्ष उद्धव पौडेलद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन पनि बैठकले अनुमोदन गरिएको उनले जानकारी दिए। 

केन्द्रीय कार्य समितिको बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, स्थानीय तह निर्वाचन, संगठन सुदृढीकरण, संविधान संशोधन र पार्टीकातर्फबाट सरकारमा सहभागिताबारेमा छलफल हुने पार्टीले जनाएको छ। 

१७ सदस्यीय कार्यसम्पादन समितिको बैठकमा १३ जना सहभागी थिए। पार्टीका वरिष्ठद्वय नेता लोकेन्द्रबहादुर चन्द र पशुपतिशम्शेर राणा बैठकमा उपस्थित भएनन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell