PahiloPost

Jun 22, 2025 | ८ असार २०८२

दशैंको सुरुवातमा 'मिस काठमाडौं नेपाल'



पहिलोपोस्ट

दशैंको सुरुवातमा 'मिस काठमाडौं नेपाल'

काठमाडौं: सौन्दर्य प्रतियोगिता 'मिस काठमाडौं नेपाल २०१७' आयोजना हुने भएको छ। कसमस इन्टरटेनमेन्ट हाउसको आयोजनामा कार्यक्रमको पहिलो संस्करण हुने भएको हो।

घटस्थापनाको दिन हुने फिनालेको लागि साउनको दोस्रो तथा तेस्रो साता अडिशन आयोजना हुनेछ। आयोजकले दिएको जानकारी अनुसार छानिएका २५ प्रतियोगीहरुलाई भदौ १ गतेबाट ३५ दिन लामो प्रशिक्षण दिइनेछ।

कार्यक्रमका लागि निर्देशक रहेका डेविड जंग बस्नेतले भने,'मिस काठमाडौं नेपालको मुख्य उदेश्य भइरहेको सौन्दर्य प्रतियोगिताहरुको थिम परिवर्तन गर्नु हो।' मङ्गलबार काठमाडौंमा कार्यक्रम आयोजना गरी प्रतियोगिताको आवेदन खुल्ला भएको बारे जानकरी दिइएको हो। जसका लागि इच्छुक प्रतियोगीको पाँच फिट वा सो भन्दा बढी उचाई हुनुपर्छ। आयोजक संस्था कसमसले निर्धारण गरेको योग्यता अनुसार प्रतियोगीले प्लस टू सक्काएको हुनुपर्छ।



प्रतियोगितामा १७ देखि २५ वर्षसम्मका अविवाहित युवती सहभागी हुन पाउँछन्। प्रतिस्पर्धिहरुलाई व्यक्तित्व विकास, भाषा, पहिरन, फोटोसेसनसहितका सैद्धान्तिक तथा व्यवहारिक ज्ञान दिइनेछ। प्रशिक्षणकै क्रममा प्रतिस्पर्धिहरुलाई स्थलगत भ्रमण तथा आउटडोर फोटोसेसनमा सहभागि गराइने छ भने ट्यालेन्ट शो पनि त्यही क्रममा आयोजना गरिनेछ।

प्रतियोगिताको ग्राण्ड फिनाले दसैंको घटस्थापनाको दिन अर्थात असोज ५ गते बिहिबार सम्पन्न हुनेछ। प्रतियोगिताका विजेताहरुको लागि आयोजकले नगद पुरस्कार नदिने समेत घोषणा गरे। भने,'हामी अवसर दिन्छौं।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell