PahiloPost

Sep 20, 2025 | ४ असोज २०८२

प्रधानमन्त्रीले भने– २४०को हल्लाको पछि नलाग्नुस्, १६५ निर्वाचन क्षेत्र कायम गर्ने हो



रासस

प्रधानमन्त्रीले भने– २४०को हल्लाको पछि नलाग्नुस्, १६५ निर्वाचन क्षेत्र कायम गर्ने हो

काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानअनुसार नै १६५ निर्वाचन क्षेत्र कायम गरिने स्पष्ट पारेका छन्। 

नेपाल इन्जिनियर्स एसोसिएसनको ५५ औं वार्षिकोत्सव समारोहलाई सम्वोधन गर्दै प्रधानमन्त्री देउवाले २४० निर्वाचन क्षेत्र हुने हल्लाको भ्रममा नपर्न आग्रह गरे। 

प्रधानमन्त्री देउवाले आगामी मङ्सिरभित्रै तीनवटै तहको निर्वाचन सम्पन्न गरिने गृहकार्यमा सरकार जुटेको बताए।

उनले भने,‘माघ ७ भित्र सबै निर्वाचन गरिसक्नुपर्ने संवैधानिक बाध्यता छ, निर्वाचन क्षेत्र निर्धारण आयोगको एक/दुई दिनभित्रै निक्र्यौल हुनेछ, संविधानको सर्वस्वीकार्यता बढाई देशलाई समृद्धितर्फ अघि बढाउन सबैको ध्यान जानुपर्छ।’ 

देशको विकास निर्माणमा इञ्जिनियरको महत्वपूर्ण भूमिका रहेको भन्दै प्रधानमन्त्रीले स्थानीय निकायमा इञ्जिनियरलगायत सबै कर्मचारीको मनोबल उच्च बनाउन सुविधा र जिम्मेवारीको सुनिश्चितता गरिने बताए।

प्रधानमन्त्री देउवाले अझै पनि भूकम्पपीडित पालमुनि बस्न बाध्य रहेको उल्लेख गर्दै उनीहरुको उचित व्यवस्थापनका लागि इञ्जिनियरलगायत सबैको सक्रियता आवश्यक रहेको बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell