PahiloPost

May 1, 2025 | १८ बैशाख २०८२

रोकिएन टर्कीमा धरपकड, ६ जना मानवअधिकारवादीलाई हिरासतमा राख्न अदालतको अनुमति 



रासस

रोकिएन टर्कीमा धरपकड, ६ जना मानवअधिकारवादीलाई हिरासतमा राख्न अदालतको अनुमति 
फोटो श्रोतः presstv.ir

इस्ताबुल : आतङ्कवादी समूहलाई सहयोग गरेको आरोपमा टर्कीको एक अदालतले मङ्गलबार ६ जना मानवअधिकारवादीलाई हिरासतमा राख्न अनुमति दिएको छ। 

एम्नेस्टी इन्टरनेसनलका टर्कीका निर्देशकसहित छ जना मानवअधिकारवादीलाई केही दिनअघि हिरासतमा लिइएकोमा उनीहरुलाई थुनामा राख्ने थप समय अदालतले अनुमति दिएको जनाइएको छ। 

टर्कीको एक मानवअधिकारवादी संस्थाले यसलाई न्यायका नाममा भएको हास्यास्पद निर्णयको संज्ञा दिएको छ । उक्त संस्थाले टर्कीको सरकारले अहिले पनि धरपकड नरोकेको जनाएको छ। 

टर्कीका निर्देशक इलिद इसेरसहित सातजना मानव अधिकारदावीहरुलाई यही जुलाई ५ मा पक्राउ गरिएको थियो। 

मानवअधिकारवादी समूहका छ जना अझै हिरासतमा रहेका छन् । एकजनालाई भने पहिल्यै छोडिएको थियो। 

नियन्त्रणमा रहेका अधिकारकर्मीलाई रिहा नगरिएको एम्नेस्टी इन्टरनेसनलका टर्कीका अनुसन्धानकर्ता एन्डरेउले एएफपी समाचार समितिलाई जानकारी दिएका छन्। 

टर्कीमा राष्ट्रपति रेसेप तायिप एन्र्डोगानको शासन सत्तामा सञ्चारकर्मी, मानवअधिकारवादी, वकिल, सेना र प्रहरीलगायत कैयौँलाई हिरासतमा राखिएको छ। 

टर्कीमा भएको असफल ‘कू’ को प्रयासको एक वर्षको समयमा पनि समाजका विभिन्न व्यक्तित्वहरुलाई पक्राउ गर्ने, सेवाबाट बर्खास्त गर्ने र सरकारको विरोधमा बोल्नेलाई मुद्दामामिला लगाउने कार्य जारी छ। रासस/एएफपी 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell