
हेटौँडा : त्रिभुवन राजपथको खानेगाउँनजिक मंगलबार भएको बस दुर्घटनामा परी दुई महिलाको घटनास्थलमै मृत्यु भएको छ।
मृत्युहुनेमा मकवानपुर कैलाश गाउँपालिका–६ का ३५ वर्षीया कमला दोङ र सो गाउँपालिका–२ का ३० वर्षीय कुल्साङ तामाङ रहेको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ।
मकवापुरको गोगनेबाट काठमाडौँतर्फ गइरहेको ना४ख ४५६७ नम्बरको बस त्रिभुवन राजपथको खानेगाउँनजिक अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुघर्टनमा परी घाइते ३९ जना यात्रुलाई उपचारका लागि काठमाडौँतर्फ पठाइएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ। रासस