PahiloPost

May 1, 2025 | १८ बैशाख २०८२

मोहन वैद्यले भने-निर्वाचनमा भाग लिने निर्णय सही



रासस

मोहन वैद्यले भने-निर्वाचनमा भाग लिने निर्णय सही


काठमाडौँ : नेकपा क्रान्तिकारी माओवादीले स्थानीय तहको निर्वाचनमा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका उम्मेदवारलाई समर्थन गर्ने पार्टी निर्णय सही रहेको निष्कर्ष निकालेको छ। 

पार्टीको केन्द्रीय समितिको बैठकका निर्णयबारे अध्यक्ष मोहन वैद्यले विज्ञप्ति जारी गर्दै नयाँ दल दर्ता तथा चुनाव चिह्नको व्यवस्था नगरी थ्रेस होल्डसमेतको मान्यता तेस्र्याएर निर्वाचन गरिएको अवस्थामा पार्टीले राम्रो परिणाम ल्याउन नसकेको बताएका छन्। 

यो स्थितिमा निर्वाचन परिणाम बढी आउने पार्टीले अपेक्षा नगरेको र व्यवहारमा पनि त्यही देखिएको बैठकले निष्कर्ष निकालेको छ।

बैठकले यही असोजको चौथो सातामा आयोजना गरिने राष्ट्रिय सम्मेलनको तयारीका लागि अध्यक्ष वैद्यले ‘राजनीतिक प्रतिवेदन’ र ‘नेपाली समाजको स्वरुप तथा पार्टीको आम कार्यदिशा’ नामक दुई राजनीतिक प्रस्ताव पारित गरेको छ। 

अहिलेको स्थितिमा एकताबद्ध क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माण गर्ने उद्देश्यमाथि आवश्यक ध्यान दिँदै माक्र्सवाद–लेनिनवाद–माओवाद अवलम्बन गर्ने, नयाँ जनवादी क्रान्तिको कार्यदिशा स्वीकार गर्ने, क्रान्तिमा बलप्रयोगको सिद्धान्तलाई मान्ने मान्यताका आधारमा पार्टी एकीकरण तथा ध्रुवीकरणका लागि सम्बन्धित क्रान्तिकारी कम्युनिष्ट पक्ष तथा समूहलाई आह्वान गर्ने निर्णयसमेत बैठकले गरेको विज्ञप्तिमा उल्लेख छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell