PahiloPost

Jun 22, 2025 | ८ असार २०८२

सरकार बिस्तारबारे कांग्रेस-माओवादीका शीर्ष नेताबीच छलफल, बुधबार अन्तिम रुप दिइने



पहिलोपोस्ट

सरकार बिस्तारबारे कांग्रेस-माओवादीका शीर्ष नेताबीच छलफल, बुधबार अन्तिम रुप दिइने

काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरुबीच सरकार विस्तारलगायतका विषयमा छलफल भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ भएको छलफलमा सरकार सञ्चालन, मन्त्रालयको बाँडफाँट र मन्त्रिपरिषद् बिस्तारका विषयमा कुराकानी भएको थियो।

बैठकले थप छलफल गरेर छिट्टै मन्त्रिपरिषद  बिस्तार गर्ने समझदारी गरेको छ। बुधबार पुनः नेताहरुको बैठक बसी छलफललाई अन्तिम रुप दिइने नेता वर्षमान पुनले जानकारी दिए।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, उपप्रधानमन्त्री कृष्णबहादुर महरा, गृहमन्त्री जनार्दन शर्मा, नेताहरु वर्षामान पुन ‘अनन्त’, बिमलेन्द्र निधि र रमेश लेखक सहभागी थिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell