PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

‘वार्ताको मुड’मा असन्तुष्ट राजपा पुग्यो बालुवाटार



पहिलोपोस्ट

‘वार्ताको मुड’मा असन्तुष्ट राजपा पुग्यो बालुवाटार

काठमाडौँः संविधान संशोधन तथा प्रदेश २ को आसन्न स्थानीय तह निर्वाचन लगायतका विषयमा छलफल गर्न सत्तारुढ दलसहित राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेताहरुबीच आज छलफल हुँदैछ। प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारमा आह्वान गरेको बैठक अहिले जारी छ। 

निर्वाचन आयोगले राजपालाई दल दर्ताको औपचारिक प्रमाणपत्र दिएपछि सत्तारुढ दलसँग राजपा पहिलो पटक वार्तामा बस्न लागेको हो। 

निर्वाचनमा भाग लिन संविधान संशोधन प्रस्ताव पारित हुनुपर्ने बटमलाइन बनाएको राजपा पछिल्लो समय लचक छ। यसअघिका बैठकमा वार्ताका लागि मुडमा नभएको बताउने नेताहरुले आजको छलफललाई सकरात्मक रुपमा लिएका छन्।

संविधान संशोधन प्रस्ताव पारित नभए पनि प्रक्रिया अघि बढाइ परिणामलाई जनतासँग लैजान पछिल्ला समयमा राजपा सकरात्मक देखिँदै आएको छ। 

राजपा नेता अनिल झाले आज ‘वार्ताको मुड’मा सत्तारुढ दलसँगको छलफल सामेल हुन लागेको प्रतिक्रिया दिए। 

तर, संशोधन प्रक्रिया सुरु गर्नुअघि मधेश आन्दोलनका क्रममा भएका घाइतेको उपचार खर्च, पीडित परिवारको राहत दिनपर्ने अडानमा भने राजपा यथावत छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell