PahiloPost

Jun 22, 2025 | ८ असार २०८२

यू २३ छनोट : लेवनानसँग प्रतिष्ठाको लडाईँ



पहिलोपोस्ट

यू २३ छनोट : लेवनानसँग प्रतिष्ठाको लडाईँ

काठमाडौं : एएफसी यू-२३ च्याम्पियनसिप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल आज लेवनानसँग प्रतिस्पर्धा गर्दैछ। यसअघिका दुवै खेल हार्दै समूह चरणबाट बाहिरिसकेको नेपाल र लेवनानबीचको खेल प्रतिष्ठाको लडाइँ हुनेछ।

समूह डी'मा रहेका नेपाल र लेवनान यसअघिका खेलमा युएई र उज्वेकिस्तानसँग पराजित भइसकेका छन्। नेपाल युएईसँग ५-० उज्वेकिस्तानसँग २-० ले पराजित भएको थियो भने लेवनान उज्वेकिस्तानसँग ३-१ तथा युएईसँग १-० ले हारेको थियो।

नेपालले अहिलेसम्म गोलको खाता खोल्न सकेको छैन। त्यसैले नेपालको लागि गोल गर्नु र अन्तिम खेलमा जित निकाल्दै सुखद् अन्त्य गर्नु मुख्य चुनौती हुनेछ।

नेपाल र लेवनानबीचको खेल नेपाली समयअनुसार आज राति ११ बजे अल अइनलस्थित तहनोन बिन मोहम्मद स्टेडियममा हुनेछ।

यस्तै समूह विजेताको लागि आजै आयोजक युएई र उज्वेकिस्तानबीच खेल हुनेछ।

 

अन्जन नखेल्ने

अग्रपंक्तिका खेलाडी अन्जन विष्ट लेवनानविरुद्ध खेल्ने छैनन्। यसअघिका दुई खेलमा पहेँलो कार्ड बेहोरेका कारण उनले समूहको अन्तिम खेल गुमाउने भएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell