PahiloPost

Aug 4, 2026 | १९ साउन २०८३

पूर्वराजा ज्ञानेन्द्र शाह अस्वस्थ, दुई घन्टादेखि नर्भिक अस्पताल



पहिलोपोस्ट

पूर्वराजा ज्ञानेन्द्र शाह अस्वस्थ, दुई घन्टादेखि नर्भिक अस्पताल
फाइल फोटो

काठमाडौँ: स्वास्थ्यमा समस्या आएपछि पूर्वराजा ज्ञानेन्द्र शाह अस्पतालमा पुगेका छन्। नियमित चेकजाँच र अन्य समस्याको कारण बिहान ९ बजे थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएको पूर्वराजाका सहयोगी फणीन्द्र पाठकले जानकारी दिए।

उनले भने ‘नियमित चेकजाँचको लागि अस्पताल पुग्नुभएको हो अहिले मुट लगायत अन्य समस्याको चेकजाँच भइरहेको छ।’

पूर्वराजा शाहको मुटुमा समस्या देखिएको छ। चेकजाँच भइसकेपछि मात्र शाहलाई हस्पिटल नै बस्नुपर्ने वा घर फर्किने यकिन हुने पाठकले बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell