PahiloPost

Jun 22, 2025 | ८ असार २०८२

राष्ट्रिय फुटबल टीमका पूर्व कप्तान दीपक अमात्य भन्छन्, एएफसी ए लाइसेन्स कोच किन प्रयोग भएन?



पहिलोपोस्ट

राष्ट्रिय फुटबल टीमका पूर्व कप्तान दीपक अमात्य भन्छन्, एएफसी ए लाइसेन्स कोच किन प्रयोग भएन?

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टिम यतीबेला यू-२३ च्याम्पियनसिप छनोटका लागि युएईमा छ। समूह डी मा रहेको नेपाल यसअघिका दुई खेल हार्दै बिहरिसकेको छ र आज प्रतिष्ठाको लागि लेवानसँग खेल्दैछ। यसै सन्दर्भमा नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान दीपक अमात्यले आफ्नो विचार सामाजिक सञ्जाल फेसबुकमा राखेका छन्।

उनले नेपालमा एएफसी ए लाइसेनस होल्डर कोचहरु रहेपनि यू-२३ टिममा समावेश हुन नसकेको भन्दै अखिल नेपाल फुटबल संघ एन्फाले अहिले कसरी काम गरिरहेको भनेर भनेका छन्।

'एन्फाले कसरी काम गरिरहेको छ वर्तमा अवस्था हेर्नुस्। हामीसँग एएपसी ए लाइसेन्स प्राप्त कोचहरु छन। तर ती म्धये कोही पनि अहिलेको यू-२३ टीममा समावेश छैनन्।' उनले लेखेका छन्। 'कम्तीमा पनि उनीहरु कोचिङ स्टाफको रुपमा समावेश हुन सक्थे।'

आठौँ साफ गेम्सको पदक जितेका अमात्यले बिना कामको अफिसियल पठाउनुभन्दा ए लाइसेन्स कोचलाई पठाउनु उपयुक्त भएको उल्लेख गरेका छन्। उनले अफिसियलहरु पैसा खर्च गर्न र घुम्न जाने भन्दै यसले कुनै फाइदा गर्ने नभइ पैसा र स्रोतको मात्र दुरुपयोग हुने बताएका छन्।

अमात्यले सन् १९९७ देखि २००० सम्म नेपालको कप्तानी सम्हालेका थिए।

अहिले यू-२३ टिमका प्रशिक्षक रहेका राजुकाजी शाक्य राष्ट्रिय टिमको समेत प्रशिक्षक हुन्। तर उनले एएफसी ए लाइसेन्स लिएका छैनन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell