PahiloPost

Jun 22, 2025 | ८ असार २०८२

मौलीक तीज भाकामा घनमायाको गीत



पहिलोपोस्ट

मौलीक तीज भाकामा घनमायाको गीत

काठमाडौं: गायिका घनमाया रानाको तीज गीत सार्वजनिक भएको छ। 'आगनीको डिलैमा शितलु पर्‍यो' बोलको गीत युट्युबमार्फत सार्वजनिक भएको हो।

मौलिक शब्द र लयमा उक्त गीतमा ठेट भाकाको प्रयोग गरिएको छ। गीतकार शान्तिप्रियको शब्द रहेको गीतमा सन्तोष श्रेष्ठ संगीत दिएका छन्। गीत बारे गायिका भन्छिन्,‘हामी संगतिकर्मीले नै मौलीकताको जगेर्ना गर्ने हो र मौलक श्रृजनामा जोड दिनुपर्छ। जसका कारण हाम्रो पन बाँचीरहोस्।'

गतको भिडियो गोपाल थापाले निर्देशन गरेका हुन्। यस तीज गीतमा रिना थापा र मिठ्ठु आलेको फिचरिङ रहेको छ भने देवराज आचार्यको छायांकन एवम् मनोज कार्कीको सम्पादन रहेको छ।

हेर्नुस् भिडियो:



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell