PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

न्यूजिल्याण्डमा हुने भयो नेपथ्यको पहिलो कन्सर्ट



पहिलोपोस्ट

न्यूजिल्याण्डमा हुने भयो नेपथ्यको पहिलो कन्सर्ट

सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलिया भ्रमणमा रहेको सांगीतीक ब्यान्ड नेपथ्य न्यूजिल्याण्ड पनि पुग्नेभएको छ। नेपथ्यको भ्रमण कार्यक्रम थपिएको बारे प्रेस संयोजक अर्पण शर्माले जानकारी दिएका हुन्।

मेलबर्नमा, एडिलेडमा नेपथ्यको कार्यक्रम सम्पन्न भइसकेको छ। २२ जुलाईमा सिड्नीमा प्रस्तुती दिएपछि ब्यान्ड कन्सर्टको लागि न्यूजिल्याण्ड जाने भएको हो।

अकल्याण्ड सहरमा २८ जुलाइमा कन्सर्ट हुने बारे तालिका तय भएको छ। न्यूजिल्यान्डमा नेपथ्यको यो पहिलो कन्सर्ट हुनेछ। ‘नेपथ्यलाई न्यूजिल्याण्डमा निम्त्याउन पाउँदा गौरव महशुस भइरहेको छ,’आयोजक आरोह इभेन्ट्स्का राज महर्जन भन्छन्, ‘सही ढंगको मञ्चमा सही तरिकाले गीत संगीत प्रस्तुत हुन लागेकाले यहाँ बसोबास गर्दै आएका नेपालीहरुका निम्ति यो ऐतिहासिक क्षण बन्नेछ।’

आफ्नो स्थापनाको रजत वर्ष मनाउँदै गरेको नेपथ्यले अहिलेसम्म आफू पुग्न नभ्याएका थोरै थोरै नेपाली छरिएर बसेका सहरहरुलाई विशेष ध्यानमा राखेर यो वर्षको कार्यक्रम तय गर्ने घोषणा गरेको थियो। रजत वर्ष उत्सवका क्रममा नेपथ्यले सुरुगरेको कन्सर्टहरुमध्ये न्यूजिल्याण्डको पाँचौ आयोजना हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell