
उर्लाबारी : मोरङको लेटाङ नगरपालिका – २ मा आज बिहान चट्याङ लागेर आमाछोरीको मृत्यु भएको छ ।
घर नजिकै खेतमा काम गरिरहेका बेला विहान साढे आठ बजे चट्याङ लागेर ४७ वर्षीया चन्द्रा तामाङ र उनकी १९ वर्षीया छोरी सुष्मा तामाङको मृत्यु भएको हो।
चट्याङ लागेर गम्भीर घाइते भएका दुबै जनाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। रासस