
गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म जग्गा जासुसकी सह अभिनेत्री बिदिशा बेजबारुहा मृत भेटिएकी छिन्। मङ्गलबार गुरुग्रामस्थित आफ्नै अपार्टमेन्टमा उनी मृत भेटिएकी हुन्। पंहरीले बिदिशाले आत्महत्या गरेकोि पुष्टि गरेको छ। थप छानबिनका लागि बिदिशाका श्रीमान निशहित झालाई हिरासतमा राखिएको छ। पारिवारिक श्रोतले निशहितको बाहिर भएको सम्बन्धका कारण उनले आत्महत्या गरेको जनाएपछि प्रहरीले झालाई नियन्त्रणमा लिएको हो।
भारतीय सिरियल र स्टेज कार्यक्रम प्रस्तोताको रुपमा पहिचान बनाएकी बिदिशा गायिका पनि हुन्। मुम्बईबाट केही समय अघि मात्र गुरुग्राम सरेकी उनको शरीर बन्द कोठा भित्र सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा फेला परेको इन्डियन एक्सप्रेसले जनाएको छ।
३० वर्षीया बिदिशाको प्रेम विवाह भएको हो। तर केही समय यता श्रीमानको अर्को केटीसँगको सम्बन्धको चर्चाले उनी मानसिक तनावमा रहेकी उनका बुवाले जानकारी दिएका छन्।