PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

५० थान गोलीसहित पर्साको रंगपुरटाडीबाट दुई जना पक्राउ



पहिलोपोस्ट

५० थान गोलीसहित पर्साको रंगपुरटाडीबाट दुई जना पक्राउ

वीरगञ्जः प्रहरीले १२ बोर बन्दुकमा लाग्ने  ५० थान गोलीसहित दुई जनालाई पक्राउ गरेको छ।

मंगलबार साँझ उनीहरुलाई पर्साको पर्सागढी गाउँपालिका वडा नं १ पर्ने मनवा–रंगपुरटाडीबाट प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा पर्सागढी गाउपालिका वडा नं १  मनवाका ५५ वर्षिय क्षेत्र चौधरी र २१ वर्षिय रामकिशुन चौधरी छन्।

ना४५ प ९१९६ नम्बरको मोटरसाइकलमा प्लाष्टिकको बोरामा आलु भित्र लुकाएर ल्याउदै गरेको बेला उनीहरु पक्राउ परेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell