PahiloPost

May 1, 2024 | १९ बैशाख २०८१

भारतीय प्रहरीले नेपाली नागरिक पक्राउ गरेको विरोधमा गाउँलेले घेरे प्रहरी चौकी



राधेश्याम पटेल

भारतीय प्रहरीले नेपाली नागरिक पक्राउ गरेको विरोधमा गाउँलेले घेरे प्रहरी चौकी

वीरगञ्जः भारतीय सुरक्षाकर्मी नेपालमा प्रवेश गरी पर्साका एक नेपाली नागरिकलाई पक्राउ गरेपछि गाउँलेले प्रहरी चौकी प्रसौनी घेराउ गरेका छन्। गाउलेले विहान ६ बजेदेखि नै टायर बालेर प्रदर्शन गर्दै प्रहरी चौकी घेराउ गरेका हुन्।

नेपाली प्रहरीले भारतीय प्रहरीलाई सघाएको आरोप लगाउँदै गाउँलेहरु आक्रोशित बनेका छन्।  प्रसौनी गाउँ छोटी भन्सारको सीमा नाका हो ।

प्रसौनीबाट २५ वर्षीय भाष्कर पाण्डेलाई भारतीय प्रहरीले समातेर लगेपछि गाउँले आक्रोसित भएका हुन्।

पाण्डेलाई नेपाली प्रहरीको सहयोगमा अपहरण शैलीमा भारतीय सुरक्षाकर्मीहरुले समातेर भारत लगेको पाण्डेकी दिदी नितु दुबेले बताइन्। 

गाउँलेहरुका अनुसार पैसाको लोभमा परी पाण्डेलाई पक्राउ गर्न नेपाल प्रहरीले भारतीय प्रहरीलाई सहयोग गरेका थिए। ४ वटा मोटरसाइकमा ८ जना भारतीय सुरक्षाकर्मीहरु नेपाल आएका थिए।

तर पछि पाण्डेलाई पक्राउ परेपछि भारतीय भ्यान बोलाई उनलार्इ भारतीय सीमावर्ती पुलिस थाना भेलाहीतर्फ लगेको थियो । यस विषयमा प्रहरी चौकी प्रसौनीका प्रहरी सहायक निरीक्षक महतोले घटनाबारे  आफूहरुलाई जानकारी नभएको बताएका छन्।

एक महिनाअघि मारिएका भारतीय अपराधी बब्लु दुबेका कार्यकर्तालाई समात्न भारतीय प्रहरी  प्रसौनी गाउँ पसेको बताइएको छ।

प्रहरीका अनुसार पाण्डेसहित एक जना बब्लु दुबेका कार्यकर्ता पप्पु कुशवाहालाई पनि भारतीय प्रहरीले पक्राउ गरेको छ।

पक्राउ परेका प्रसौनीका भाष्कर पाण्डेको घरमा अपराधी बब्लु दुबेको पहिले आउजाउ रहेको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell