PahiloPost

Mar 14, 2025 | ३० फागुन २०८१

अत्याधिक गर्मीले सिरहामा जनजीवन कष्टकर



रासस

लहान :  केही दिनयता बढेको अत्यधिक गर्मीका कारण सिरहाको जनजीवन कष्टकर बनेको छ। 

बिहानैदेखि लाग्ने चर्को घामका कारण सर्वसाधारणको दैनिकी कष्टपूर्ण हुन थालेको छ। दिनभरिको तातो घामले अत्यधिक गर्मी बढेपछि घर÷पसलबाट निस्कनै नसक्ने अवस्था आएको स्थानीयवासी बताउँछन्। 

गर्मीका कारण बजारमा मानिसको चहलपहलसमेत कम भएको देखिन्छ। चर्को घामसँगै तातो हावा चल्दा दैनिक जीवनयापनसमेत प्रभावित भएको छ। एक हप्ताअघिको अत्यधिक वर्षा र बाढीको कहर सकिन नपाउँदै सुरु भएको अत्यधिक गर्मीले मानिसको चहल–पहलसमेत घटेको छ। 

गर्मीका कारण अस्पतालमा पखला, रुघाखोकी तथा ज्वरोका बिरामीको चाप बढ्नाका साथै सर्पदंशको घटनासमेत बढेका छन्।

सदरमुकाम सिरहास्थित जिल्ला अस्पतालमा गर्मी बढेसँगै दैनिक ४०÷५० जनासम्म बिरामी आउने गरेका अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा चुमनलाल दासले जानकारी दिए। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell