PahiloPost

May 1, 2026 | १८ बैशाख २०८३

नेदरल्याण्ड्सका तिम्ल्याहा दाजुभाइले एकैपटक क्रिकेट खेल्दै बनाए रेकर्ड



पहिलोपोस्ट

नेदरल्याण्ड्सका तिम्ल्याहा दाजुभाइले एकैपटक क्रिकेट खेल्दै बनाए रेकर्ड

क्रिकेटमा रन र विकेटको रेकर्ड सामान्य बनिसकेको छ। धेरै रन बनाउने धेरै विकेट लिने आदि। तर अहिले अर्को नयाँ रेकर्ड कायम भएको छ जुन अहिलेसम्म कसले सोचेका पनि थिएनन्।

नेदरल्याण्ड्सका तिम्ल्याह दाजुभाइले युएईविरुद्ध एकैपटक क्रिकेट खेलेर उक्त रेकर्ड बनाएका हुन्।

गत सोमबार डच खेलाडी सिकन्दर असाद र सकिव जुल्फिकरले युएई विरुद्ले आम्स्टिलभिनमा एउटै टिमबाट युएईविरुद्ध खेलेका हुन्।

त्यसै खेलमार्फत् डेब्यु जनाएका २० वर्षीय असदले १५ तथा सकिवले ११ रन बनाए। त्यसअघि नै नेदरल्याण्ड्सबाट खेलिसकेका अनुभवी सिकन्दरले ४१ रन बनाए।
 

यद्यपि नेदरल्याण्ड्सले ५० ओभरको उक्त खेल जित्न सकेन।

डच टोलीले दिएको १ सय ८३ रनको लक्ष्य युएईले ६ बल बाँकी छदै ७ विकेट गुमाएर पूरा गरेको हो।

यी तीन खेलाडीका बाबु जुल्फिकर अहेमदले पनि नेदरल्याण्ड्सका लागि क्रिकेट खेलेका थिए।

यसअघि धेरै ट्वीन्स खेलाडीहरुले संगै एउटै टिमबाट क्रिकेट खेलेका थिए। जसमा अष्ट्रेलियाका मार्क र स्टिभ वाँ, अष्ट्रेलियाकै एलेक्स र केट ब्ल्याकवेल, इंगल्याण्डका एलेक्स र एरिक बेडसर, न्यूजिल्याण्डका हमिस र जेम्स मार्सल तथा न्यूजिल्याण्डकै एलिजाबेथ र रोस सिगनल छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell