
काठमाडौँ : संविधान संशोधन, सरकारमा सहभागितालगायत विषयमा निर्णय लिन राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि सुरु भएको छ।
अध्यक्ष कमल थापाको अध्यक्षतामा नयाँबानेश्वरमा सुरु भएको बैठकमा असन्तुष्ट पक्षका नेता पशुपतिशम्शेर राणाबाहेक नेताको सहभागिता छ। बैठकमा नवमनोनित ४२ जना केन्द्रीय सदस्यकार पूर्वकेन्द्रीय सदस्य पनि उपस्थित छन्।
बैठकमा असन्तुष्ट पक्षका उपाध्यक्षद्वय दीपक बोहरा, विक्रम पाण्डे र महामन्त्री सुनिल थापालगायतको सहभागिता छ। साउन ६ गतेसम्म जारी रहने बैठकमा अध्यक्ष थापाद्वारा राजनीतिक प्रतिवेदन प्रस्तुतभएको छ।
बैठकमा अध्यक्षबाट प्रस्तुत प्रतिवेदनका साथै स्थानीय तहको निर्वाचन समीक्षा, साङ्ग्गठनिक अवस्था र भावी रणनीति आदि कार्यसूची रहेको प्रवक्ता भुवन पाठकले जानकारी दिए।
पाठकका अनुसार अध्यक्ष थापा र वरिष्ठ नेता राणाबीच टेलिफोनमा कुरा भएपछि मात्र आजको बैठक सुरु गरिएको छ। अध्यक्ष थापाले गत शुक्रबार ४२ केन्द्रीय सदस्य मनोनित गरेपछि पार्टीमा आन्तरिक विवाद कायमै छ। रासस