PahiloPost

Jul 6, 2025 | २२ असार २०८२

यू-२३ छनोट : लेवनानविरुद्ध खेल्ने नेपालको फस्ट ११ सार्वजनिक, अन्जनको स्थानमा सन्जोगले खेल्ने



पहिलोपोस्ट

यू-२३ छनोट : लेवनानविरुद्ध खेल्ने नेपालको फस्ट ११ सार्वजनिक, अन्जनको स्थानमा सन्जोगले खेल्ने

काठमाडौं : एएफसी यू-२३ च्याम्पियनसिप छनोट अन्तर्गत अन्तिम खेलमा आज राती नेपाल यू-२३ ले लेवनान यू-२३ सँग खेल्दैछ। उक्त खेलको लागि मुख्य प्रशिक्षक राजुकाजी शाक्यले पहिलो रोजाईँमा खेल्ने ११ खेलाडीको नाम सार्वजनिक गरेका छन्।

प्रशिक्षक शाक्यले उज्वेकिस्तान विरुद्ध खेलेको टिममा २ खेलाडी परितर्वत गरेका छन्। दुई पहेँलो कार्ड बेहवरेका कारण प्रतिवन्धमा रहेको फरवार्ड अन्जन विष्टको स्थानमा सन्जोग राईले पहिलो रोजाईँमा खेल्नेछन्। त्यस्तै अघिल्लो खेलमा पहिलो रोजाईँमा रहेका पुजन उपकोटीको स्थानमा लेवनान विरुद्ध सुनिल बलले खेल्नेछन्।

समूह डीमा यसअघिका दुवै खेल हार्दै छनोटबाट बाहिरिएको नेपाल र लेवनानका लागि आजको खेल प्रतिष्ठाको विषय हुनेछ। दुवै टोली आजको खेल जित्दै सुखद अन्त्य गर्ने योजनामा छ। युएईको अल आइनस्थित तहनोन बिन मोहम्मद रंगशालामा उक्त खेल नेपाली समयअनुसार राती ११ बजे हुनेछ।

प्रशिक्षक शाक्यका अनुसार आजको खेलमा नेपाली खेलाडीहरु निलो जर्सीमा मैदान उत्रने छन्। यसअ३का दुवै खेलमा नेपालले रातो जर्सी लगाएको थियो।

 

नेपाल यू-२३ फस्ट ११

गोलकिपर : एलन न्यौपाने

रक्षक : दीनेश राजवंशी, अनन्त तामाङ, गौरब बुढाथोकी, कमल श्रेष्ठ

मिडफिल्डर : सुमन लामा, सुनील बल, हेमन गुरुङ, बिश्वास श्रेष्ठ

फरवार्ड : सन्जोग राइ, विमल घर्ति मगर (कप्तान)

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell