काठमाडौं: फिल्म ‘संरक्षण’को नयाँ गीती भिडियो सार्वजनिक भएको छ। फिल्मको प्रचार प्रसार तिव्र भएको अवस्थामा फिल्मको 'सम्झनाको सारङ्गी' बोलको गीत युट्युबमा भिडियो सहित सार्वजनिक भएको हो।
स्वरुपराज आचार्यको स्वर रहेको गीतमा प्रवेश मल्लिकको संगीत छ। गीत धिरेन्द्र प्रेमर्शीले लेखेका हुन्। गीतको भिडियोमा नायक सौगात मल्ल र नायिका अशिष्मा नकर्मीको फिचरिङ रहेको छ।
मधेश आन्दोलनको विषयलाई मुख्य कथाबस्तु बनाइएको फिल्ममा निखिल र सौगातसँगै रामेश रन्जन, पूर्व मिस नेपाल मलिना जोशी, आशिष्मा नकर्मी, निर शाह, प्रमोद अग्रहरी, रमेश बुढाथोकी, नन्दर श्रीवास्तव लगायतको अभिनय रहेको छ। रामेश रन्जन र पुर्णेन्दु झाले लेखेको फिल्मलाई पुर्णेन्दु झाले नै निर्देशन गरेका हुन्। फिल्मलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् भने सम्पानदन सुरेन्द्र पोडेलले गरेका छन्। पुर्णेन्दु प्रोडक्सनकव प्रस्तुती रहेको फिल्म आगामी साउन २३ गते रिलिज हुनेछ। फिल्मलाई नरेन्द्र महर्जन, प्रदीप कुमार उदय, नन्द श्रीवास्तव र स्वेता शाहले संयुक्त निर्माण गरेका हुन्।
हेर्नुस् भिडियो: