PahiloPost

Jun 22, 2025 | ८ असार २०८२

विकिनी किलर चार्ल्सको उपचार खर्च ५ लाख, पोषिलो खाना प्रेमिकाकै खर्चमा



पहिलोपोस्ट

विकिनी किलर चार्ल्सको उपचार खर्च ५ लाख, पोषिलो खाना प्रेमिकाकै खर्चमा

काठमाडौं : दुई साता अस्पतालमा बसेर मुटुको अप्रेसन गराएका ७३ वर्षीय कुख्यात बिकिनी किलर चार्ल्सको उपचार खर्च करिव ५ लाख पुगेको छ।

एनजियोग्राम, माइकलभल्भ र औषधी गरेर करिब ५ लाखको बिल आएको केन्द्रीय कारागार सुन्धराका  डाक्टर श्याम थापाले बताए। दुई साताको उपचारपछि असार १५ गते फर्किएका थिए।

शोभराजलाई राजधानीको बाँसबारीस्थित शहीद गंगालाल हृदय रोग केन्द्रमा भर्ना गरिएको थियो। मुटुको भल्भमा समस्या भएपछि जेठ २९ गते शोभराजको अप्रेसनको गरिएको थियो। अस्पतालमा बस्दा सरकारले सामान्य खानाको व्यवस्था गरे पनि अन्य पौष्टिक आहारा भने शोभराजकी प्रेमिका निहिता विश्वासले गरेको बुझिएको हो। 


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell