PahiloPost

Jun 15, 2025 | १ असार २०८२

प्राधिकरणद्वारा पचास करोड अठसट्ठी लाख राजश्व संकलन



रासस

भक्तपुर : नेपाल विद्युत् प्राधिकरण भक्तपुर शाखाले आर्थिक वर्ष २०७३/७४ मा विद्युत् महसुलबाट ५० करोड ६८ लाख ७० हजार रुपैयाँ संकलन गरेको छ। 

अािर्थक वर्ष २०७२/७३ मा विद्युत् बिक्री वितरणबाट ३१ करोड ७६ लाख ७० हजार संकलन भएकामा आर्थिक वर्ष २०७३/७४ मा १९ करोड रकम असुलीमा वृद्धि भएको शाखा प्रमुख विक्रम अमात्यले जानकारी दिए। 

प्राधिकरणले विद्युत् चुहावट गर्ने ३१७ जनालाई कारबाही गरी एक करोड २१ लाख २७ हजार, कालोसूचीमा परेका ६८ ग्राहकबाट ३७ लाख २५ हजार, लाइन काटिएका ४३ ग्राहकबाट ४० लाख ५६ हजार, पाँच हजार ग्राहकको बाकस फेर्ने र मिटर सिल गरेबापत २२ लाख ९१ हजार संकलन गरेको छ।

आर्थिक वर्ष २०७२/७३ मा विद्युत् चुहावट गर्ने ७२ जनालाई कारबाही गरी  १२ लाख ६६ हजार, कालोसूचीमा परेका ४० जनाबाट २३ लाख ६१ हजार र लाइन काटिएका १५७ ग्राहकबाट २५ लाख पाँच हजार राजश्व असुली गरेको कार्यालयले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell