PahiloPost

May 6, 2026 | २३ बैशाख २०८३

धर्मकाय बुद्ध मण्डला निर्माणका लागि तीन करोड संकलन



रासस

पोखरा : कास्कीको पोखरा–लेखनाथ महानगरपालिका–११ काहुँडाँडामा निर्माण गरिने धर्मकाय बुद्ध मण्डलाका लागि हालसम्म तीन करोड संकलन भएको छ। 

मण्डला निर्माणका लागि बेलायतमा रहेका नेपालीबाट  दुई करोड र पोखरामा रहेका विभिन्न सङ्घसंस्था र व्यक्तिबाट एक करोड संकलन भएको निर्माण समितिका सचिव राजबहादुर गुरुङले जानकारी दिए।

उनका अनुसार मण्डला निर्माणका लागि नेपाल सरकार एवम् सरकारका अन्य निकायसँग पनि अनुरोध गरिएको छ। 

बुद्ध मण्डला निर्माणका लागि छ रोपनी जमिन खरिद गरिएको छ। बुद्ध मण्डलामा ८० मिटर अग्लो बुद्धको मूर्ति, ठूलो ध्यान केन्द्र, छात्रवास, सङ्गग्रहालय, अतिथि गृह, चारवटा कुनामा स्तुपा, पुस्तकालय र बगैँचासमेत निर्माण गरिने छ। 

मण्डला निर्माणका लागि झण्डै एक अर्बभन्दा बढी खर्च लाग्ने र यसको लागि स्वदेशी तथा विदेशमा रहेका नेपालीबाट सहयोग आउने क्रम जारी  छ । रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell