PahiloPost

Jan 12, 2026 | २८ पुष २०८२

अपर मादीबाट विद्युत् उत्पादनमा वृद्धि



रासस

पोखरा : कास्कीको सिल्दुजुरेमा रहेको अपर मादी जलविद्युत् आयोजनाले विद्युत उत्पादनमा वृद्धि गरेको छ। 

मादी नदीबाट निकालिने २५ मेगावाट क्षमताको जलविद्युत् आयोजनाका दुईवटा टर्वाइन सञ्चालन गरिएपछि २४ मेगावाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रशारण लाइनमा जोडिएको आयोजनाका को–अर्डिनेटर राजकुमार बरालले जानकारी दिए। 

गत असार १२ गते भीषण वर्षासँगै आएको बाढीले आयोजनामा ठूलो क्षति पुर्याएपछि उत्पादन घटेर आठ मेगावाटमा पुगेको थियो। आयोजनाको मर्मतपछि यही साउन १ गतेदेखि पूर्ण क्षमतामा विद्युत् उत्पादन हुनथालेको बरालले बताए। 

करिब पाँच अर्ब २८ करोड बराबरको स्वदेशी तथा विदेशी लगानी जुटाई निर्माण सुरु गरिएको आयोजना अवधिमा नाकाबन्दी, मधेश आन्दोलन, महाभूकम्प र सुरुङ खन्ने क्रममा पहिरो जाने जस्ता समस्याले लागत बढेर आठ अर्ब रुपैयाँ पुग्न गएको थियो। 

विसं २०६९ साल पुसदेखि सुरु भएको आयोजनाको निर्माण कार्य २०७३ पुस १५ गते सम्पन्न भएको थियो। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell