PahiloPost

Mar 14, 2025 | ३० फागुन २०८१

किन बोलायो कांग्रेसले प्रदेश नम्बर २ को भेला ?



रासस

किन बोलायो कांग्रेसले प्रदेश नम्बर २ को भेला ?

काठमाडौं : प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले आगामी असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा पार्टीको तयारी गर्न प्रदेश नम्बर २ को भेला बोलाएको छ। 

प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा, पार्टीका नेता एवम् केन्द्रीय पदाधिकारीको उपस्थितमा हुने भेला बिहीबार बिहान राजधानीको नयाँ बानेश्वरमा हुने पार्टी कार्यालयले जनाएको छ।

भेलामा प्रदेश नं २ का केन्द्रीय सदस्य, जिल्ला सभापति, सांसद, पूर्वसांसद, जिल्ला सभापतिका निकटतम प्रतिस्पर्धी, क्षेत्रीय सभापति र संविधानसभा सदस्य निर्वाचन २०७० का प्रत्यक्षतर्फका उम्मेदवारका प्रत्यासी सहभागी हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell