PahiloPost

Jun 22, 2025 | ८ असार २०८२

आन्तरिक राजस्व विभागको महानिर्देशकमा किशोरजंग कार्की



पहिलोपोस्ट

आन्तरिक राजस्व विभागको महानिर्देशकमा किशोरजंग कार्की

काठमाडौं: राजस्व प्रशासनमा सबैभन्दा बलियो विभाग आन्तरिक राजस्व विभागको महानिर्देशकमा किशोरजंग कार्कीलार्इ ल्याइएको छ।

अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विभागको महानिर्देशकमा कार्कीलार्इ ल्याएका हुन्। विभागमा जान धेरै आकांक्षीलार्इ पछि पार्दै कार्की महानिर्देशक बन्न सफल भए।

विभागका महानिर्देशक चुडामणि शर्मा कर फर्स्यौट आयोगमा अनियमितताको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रकाउ परेपछि महानिर्देशक पद खाली थियो। यो अवधिमा विभागकै चन्द्रकला पौडेलले निमित्त महानिर्देशकको रुपमा काम गरेकी थिइन।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell