PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

मिनिट्रक दुर्घटनामा सिन्धुलीमा एकको मृत्यु



पहिलोपोस्ट

मिनिट्रक दुर्घटनामा सिन्धुलीमा एकको मृत्यु

सिन्धुली: सिन्धुलीको सुनकोसी गाउँपालिका–४ कोटगाउँमा बुधबार साँझ मिनिट्रक दुर्घटना भएको छ।

मिनिट्रक दुर्घटना हुँदा साविकको झाँगाझोली रातमाटा गाविसका पूर्व उपाध्यक्ष अन्दाजी ५० वर्षीय तीर्थबहादुर थापाको मृत्यु भएको स्थानीय कौशल कोइरालाले जानकारी दिए।

उकालोमा मिनि ट्रकले लोड तान्न नसकेपछि चालक र सहचालक शौच गर्न गएको र अचानक मिनिट्रक ओरालोमा गुडी १०० मिटर तल खस्दा दुर्घटना भएको थियो। मृतक थापासँगै ट्रकमा रहेका अर्का व्यक्ति भाग्न सफल भएको स्थानीयको भनाइ छ।

गिट्टी लिएर जाँदै गरेको बा ४ ख ३६१३ नम्बरको मिनिट्रक दुर्घटना भएको सितलपाटी–४ का वडा अध्यक्ष शंखर जर्गामगरले जानकारी दिए। दुर्घटनामा ट्रकमा सवार अरु घाइते नभएको उनको भनाइ छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell