
काठमाडौं : एएफसी यू-२३ च्यम्पियनसिप छनोटमा नेपालले ह्याट्रिक हार बेहोरेको छ। युएईमा भएको समूह डी अन्तर्गत तीन वटै खेलमा नेपाल पराजित भएको छ।
प्रतिष्ठाको लागि खेलिएको अन्तिम खेलमा पनि नेपाल बुधबार लेवनानसँग २-० ले पराजित भयो। त्यसअघि पहिलो खेलमा आयोजक युएईसँग ५-० र दोस्रो खेलमा उज्वेकिस्तानसाग २-० पराजित भएको थियो।
अल बइनस्थित तहनोउन बिन मोहम्मद स्टेडियममा भएकव खेलमा लेवनानलाई जित दिलाउन हसन काउरानीले २९ औं र ९० औं मिनेटमा गोल गरे।
अघिल्ला दुवै खेल हारेको लेवनानले नेपाललाई हराउदै सुखद अन्त्य गर्दा नेपाल भने एक गोल पनि नगरी घर फर्कने भएको हो।
यस्तै समूहकै अर्को खेलमा आयोजक युएईलाई २-० ले पराजित गरेको उज्वेकिस्तान समूह विजेता बन्दै सन् २०१८मा चीनमा हुने एएफसी यू-२३ च्याम्पियनसिपका लागि छनोट भएको छ। उज्वेकिस्तानले पिहलो खेलमा लेवनानलाई ३-१ तथा दोस्रो खेलमा नेपाललाई पराजित गरेको थियो।