PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

सेतीनदीमा बेपत्ता महिलाको शव फेला



पहिलोपोस्ट

पोखरा: सेतीनदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका तीन जनामध्ये एक जनाको शव फेला परेको छ।

पोखरा लेखनाथ महानगरपालिका–३३ स्थित पशुपति घाटबाट बेपत्ता भएकी दाङ जिल्लाको बणगलाचुली गाउँपालिका–३ पाखापानी बस्ने १८ वर्षीया संगीता नेपालीको शव तनहुँ जिल्लाको रिसिङ गाउँपालिका–१ हुक्सेखोलास्थित सेतीनदीको किनारामा भेटिएको हो।

बुधबार साँझ भेटिएको शव मृतकको सानीआमा सुमित्रा नेपालीले सनाखत गरी परीक्षणका लागि जिल्ला अस्पताल तनहुँमा पठाइएको क्षेत्रीय प्रहरी कार्यालय पोखराले जनाएको छ।

सोमबार साँझ नुहाउने क्रममा सेतीनदीमा डुबेर उनीसँगै बेपत्ता भएका दाङ जिल्ला ताफेका १९ वर्षीय धोनी नेपाली र १७ वर्षीय सुनिल परियार अझै बेपत्ता छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell