PahiloPost

Jul 16, 2025 | १ साउन २०८२

अफगानिस्तानमा सुरक्षा कारबाहीमा ५५ लडाकू मारिए, पाँच प्रहरीको पनि निधन



पहिलोपोस्ट

अफगानिस्तानमा सुरक्षा कारबाहीमा ५५ लडाकू मारिए, पाँच प्रहरीको पनि निधन

काबुल: अफगानिस्तानको विभिन्न शहरमा भएको सुरक्षा कारबाहीमा परी कम्तीमा ५५ आतङ्ककारी मारिनुको साथै अन्य ३७ घाइते भएका छन्।

सुरक्षा कारबाहीका क्रममा भएको भिडन्तमा परी पाँच प्रहरीले ज्यान गुमाएका छन्। अफगान रक्षा मन्त्रालयले बुधबार एक विज्ञप्तिमार्फत यो सबै जानकारी दिएको छ।

अफगान सुरक्षा फौजले देशभरका विभिन्न ठाँउमा आतङ्ककारीविरुद्ध चरणबद्ध रुपमा सुरक्षा कारबाही जारी राखेको छ।

गत २४ घण्टाको अवधिमा भएका सुरक्षा कारबाहीमा ५५ आतङ्ककारीको मृत्यु भएको छ। कारबाहीमा मारिएका ती मृतकमध्ये तीनजना भने इस्लामिक स्टेट (आईएस) समूहका लडाकू रहेको मन्त्रालयद्वारा जारी विज्ञप्ति उल्लेख गरिएको छ।

अफगानिस्तानको नान्गार्हार, कपिसा, खोस्ट, गजनी, लोगार, कान्दहार, उरुज्गान, कुन्दुज, फार्याब, बाल्ख, बाघलान, बादख्सान र हेलमान्ड प्रान्तमा सुरक्षा कारबाही सञ्चालन गरिएको मन्त्रालयले थप जानकारी दिएको छ।

तालिवान लडाकूहरुको आक्रमणमा परी कम्तीमा पाँच जना अफगान प्रहरी पनि मारिएका र केही प्रहरी घाइते भएका सुरक्षा अधिकारीहरुले जनाएका छन्।

जाबुल प्रान्तको अर्घान्दाबमा रहेको सुरक्षा चौकीमा बिहीबार तालिवान लडाकूहरुले आक्रमण गरेका थिए। रासस/सिन्ह्वा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell