PahiloPost

Jun 22, 2025 | ८ असार २०८२

प्रदेश २ को चुनावी रणनीतिमा कांग्रेस, केन्द्रीय सदस्य र सभापति भेला काठमाडौंमा



पहिलोपोस्ट

प्रदेश २ को चुनावी रणनीतिमा कांग्रेस, केन्द्रीय सदस्य र सभापति भेला काठमाडौंमा

काठमाडौँ: असोज २ गतेका लागि तय भएको तेस्रो चरणको प्रदेश नम्बर २ को स्थानीय तहको रणनीति तय गर्न नेपाली कांग्रेस आन्तरिक परामर्शमा जुटेको छ।

दुई चरणको निर्वाचनमा दोस्रो भएको संसदको ठूलो दल कांग्रेसले चुनावी रणनीतिका लागि प्रदेश २ का ८ जिल्लाका सभापतिको भेला बोलाएको छ।

भेलामा पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, केन्द्रीय सदस्य, प्रदेश नम्बर २ का सांसद् तथा जिल्ला सभापतिहरु उपस्थिति छन्। भेलामा जिल्ला सभापति निर्वाचनमा पराजित उम्मेदवार पनि सामेल छन्।

भेलाले प्रदेश २ को चुनावी रणनीति तयार गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell