PahiloPost

Jul 16, 2025 | १ साउन २०८२

यू १९ विश्वकप छनोट : अफगानिस्तानले नेपाललाई दियो १ सय ९१ रनको लक्ष्य



पहिलोपोस्ट

यू १९ विश्वकप छनोट : अफगानिस्तानले नेपाललाई दियो १ सय ९१ रनको लक्ष्य
फोटो : रमन शिवाकोटी

काठमाडौं : आइसीसी यू-१९ विश्वकप छनोट अन्तर्गत तेस्रो खेलमा नेपाल र अफगानिस्तान बीच खेल भइरहेको छ। टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले नेपाललाई १ सय ९१ रनको लक्ष्य दिएको छ।

सिंगापुरस्थित सिंगापुर क्रिकेट क्लबमा भएको खेलमा अफगानिस्तान २ बल अगावै १ सय ९० रन अलआउट भयो।

अफगानिस्तानका लागि इब्राहिम जर्दानले सर्वाधिक ४३ तथा नभिद ओवइदले ३३ रन बनाए। यस्तै तरिक स्टानिजकाइले २७ रन जोडे भने कप्तान नाभिन उल हकले २० रन बनाए।

नेपालका लागि शहाब आलमले सर्वाधिक ३ विकेट लिए। यस्तै पवन सराफ र कप्तान सन्दीपल लामिछाने २-२ विकेट झारे। दीपेन्द्र सिंह ऐरी र किशोर महतोले १/१ विकेट लिए।

१० ओभर बलिङ गरेका शहाबले ३६ रन खर्चेर ३ विकेट लिए। कप्तान सन्दीपले ९.४ ओभर बलिङ गर्दै २ मेडनओभरसहित ३० रन खर्चेर २ विकेट लिएका हुन्।

यस्तै ७ ओभर बलिङ गरेका पवनले २ मेडन राख्दै १९ रन खर्चेर २ विकेट लिएका हुन्।

सन्दीपले अन्तिम ओभरको दोस्रो बलमा अफगानि कप्तान र चौथो बलमा जाहिर खानको विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell