PahiloPost

Jun 22, 2025 | ८ असार २०८२

पोखरामा चार दिनमा थपिए एक हजारभन्दा बढी मतदाता



पहिलोपोस्ट

पोखरामा चार दिनमा थपिए एक हजारभन्दा बढी मतदाता
तस्बिर : फाइल

पोखरा: संघीय र प्रादेशिक निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले शुरु गरेको मतदाता नामावली दर्ताअन्तर्गत क्षेत्रीय निर्वाचन कार्यालय, कास्कीमा चौथो दिनसम्ममा एक हजार ३१४ जनाले आफ्नो नाम दर्ता गराएका छन्।

साउनको १ गतेदेखि शुरु भएको नयाँ मतदाता नामावली संकलन तथा अध्यावधिक अन्तर्गत हालसम्म ५५८ महिला र ७५६ जना पुरुष मतदाता थपिएको क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख गंगालाल सुवेदीले जानकारी दिए।

उनका अनुसार यही साउन १५ गतेसम्म क्षेत्रीय कार्यालय र साउन १६ देखि कास्कीका चारवटै गाउँपालिकाको केन्द्रमा फोटोसहितको मतदाता नामावली संकलन गरिने भएको छ।

स्थानीय तहको निर्वाचनमा मतदान गर्नबाट वञ्चित यस क्षेत्रका जनताले प्रचण्ड गर्मीमा पनि आफ्ना सबै काम थाती राखेर फोटोसहितको मतदाता नामावली दर्तामा उत्साह देखाएका छन्।

मुलुकमा लोकतन्त्र प्राप्तिपछिको पहिलो निर्वाचनपछि नाम छुटेका मतदातामा पनि परिचयपत्रका लागि फोटो खिचाउनु पर्छ भन्ने भावना विकसित भएको सुवेदीले बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell