PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

अर्घाखाँचीमा जिप दुर्घटना, चालकको मृत्यु



पहिलोपोस्ट

अर्घाखाँचीमा जिप दुर्घटना, चालकको मृत्यु

पाल्पा: अर्घाखाँचीको कुडापानीमा आज बिहान जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा पाल्पा रैनादेवी छहरा गाउँपालिका–४ धजाबान्नेका ३८ वर्षीय ताराबहादुर खत्री रहेका छन्। अर्घाखाँची जिल्लाको पाणिनीदेखि देउराली आउने क्रममा लु१ज १७९५ नंको जिप दुर्घटना भएको थियो।

घाइते चालक ताराबहादुर खत्रीलाई युनाइटेड मिसन अस्पताल, तानसेन ल्याउने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell