PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

प्रचार बिना प्रदर्शन तयारीमा फिल्म 'डाक्टर खाते'



पहिलोपोस्ट

प्रचार बिना प्रदर्शन तयारीमा फिल्म 'डाक्टर खाते'

काठमाडौं: प्रचार प्रसारको काममा निस्क्रिय रहेको फिल्म 'डाक्टर खाते' शुक्रबारबाट प्रदर्शनमा आउने तयारीमा छ। प्राय फिल्महरु प्रदर्शनमा आउनु अघि सामाजिक सञ्जाल देखि समाचार पोर्टलहरुमा प्रचारको अनेक तरिका अपनाउँछन्। तर डाक्टर खातेको हकमा त्यसो भएन। विदेशमा सन् २०१३ मा फिल्म प्रदर्शन र वितरक टुङ्गो लागेको फिल्म 'डाक्टर खाते' नेपालमा भने साउन ६ गते मात्र प्रदर्शनमा आउने भएको हो।

सडक बालबालिकाको जीवनकथा समेटेको फिल्ममा, आभिभावकले आफ्ना बालबालिकाको पालन पोशनमा ध्यान नदिँदा उनीहरु कसरी गलत बाटोमा लाग्छ्न भन्ने बारे कथा उठाएको छ। साथै गलत बाटोबाट उनीहरुलाई सही बाटोमा ल्याउन पनि सकिन्छ भन्ने सन्देश यो फिल्मले दिने यसकी निर्माता एवं अभिनेत्री रोशनी केसीले बताईन्।

फिल्ममा शिल्पा पोखरेल, प्रिन्स रिजाल, सुर्य गुरुङ, अमृत परियार, सम्राट सापकोटा, रोशनी केसी, विजय देउजा, कुमार गजुरेल लगायतको मुख्य अभिनय रहेको छ। डाक्टर खातेको पोखरा र काठमाडौंमा छायांकन गरिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell