
काठमाडौं : प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेसभित्र अन्तर्घात गर्ने कार्यकर्तालार्इ पार्टी निकाला गर्ने चेतावनी दिएका छन्।
असोज २ गतेका लागि तय भएको तेस्रो चरणको प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचन रणनीति तय गर्न नेपाली कांग्रेस आन्तरिक छलफलमा देउवाले अन्तरघातकै कारण अघिल्ला चुनावमा कांग्रेस पछि परेको प्रस्ट्याउँदै अब अन्तरघात गर्ने कार्यकर्तालार्इ पार्टी निकाला गर्ने चेतावनी दिएका हुन्।
अन्तर्घातकै कारण पार्टी तल झरेको स्पष्ट पार्दै देउवाले भने, ‘अन्तर्घातीलार्इ कारवाही नभए पार्टी अगाडि बढ्दैन त्यसैले अब अन्तर्घातीहरुलार्इ कारबाही गर्नुपर्छ।’
भेलामा पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा लगायत केन्द्रीय सदस्य, प्रदेश नम्बर २ का सांसद् तथा जिल्ला सभापतिहरु उपस्थिति छन् भने जिल्ला सभापति निर्वाचनमा पराजित उम्मेदवार पनि उक्त भेलामा सामेल भएका छन्।