PahiloPost

Jun 22, 2025 | ८ असार २०८२

बोलेकै छैन भन्दै आएका अमेरिकी राष्ट्रपति ट्रम्पले भने : पुटिनसँग १५ मिनेटमात्र कुराकानी भएको हो



पहिलोपोस्ट

बोलेकै छैन भन्दै आएका अमेरिकी राष्ट्रपति ट्रम्पले भने : पुटिनसँग १५ मिनेटमात्र कुराकानी भएको हो
फोटो : nytimes.com

वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग जर्मनीमा भएको पछिल्लो वा दोस्रो पटककको भेटवार्ता १५ मिनेट मात्र भएको बताएका छन्। 

यसै महिनाको पहिलो हप्ता जर्मनीको ह्याम्बर्गमा आयोजना भएको जि २० को बैठकमा सहभागिताका लागि त्यहाँ गएका बेला उनले यसअघि नभनिएको अथवा गोप्य बैठक पुटिनसँग गरेको समाचार आएको थियो। 

सुरुमा उनले पुटिनसँग अलग्गै नभेटेको भनी अस्वीकार गरे। तर, पछि अमेरिकी पत्रिकाले सो बैठकको समाचार सार्वजनिक गरेका थिए। 

राष्ट्रपति ट्रम्प र उनका रुसी समकक्षी पुटिनबीच जर्मनीमा भएको जी–२० बैठकमा एक्लाएक्लै भेटवार्ता भएको भनी आएका समाचारको ह्वाइटहाउसले पनि मङ्गलबार स्वीकार गरेको थियो। तर, उसले सो भेटमा राजनीतिक भेटवार्ता भने नभएको स्पष्ट गरेको छ। 

ह्वाइट हाउसको यो स्वीकारोक्ति आएपछि भने राष्ट्रपति ट्रम्पले पनि मुख खोलेका हुन्। उनले आफूले सो भेटवार्ता बेलुकाको खाना खाने बेलामा सँगैको टेबलमा रहेकाले ख्यालठट्टाकै रुपमा सामान्य कुराकानी भएको जानकारी दिए।
    
राष्ट्रपति ट्रम्पले आफ्नो र पुटिनको खाना खाने टेबल लगभग सँगसँगै रहेको र त्यस क्रममा कुनै गम्भीर विषयमा नभएर हल्कामात्र कुराकानी भएको जानकारी दिएका हुन्।
    
अमेरिकी पत्रिका न्युयोर्क टाइम्सको बुधबारको अंकमा उनले दिएको अन्तरवार्तामा यसबारे जानकारी गराएका छन्। उनले उक्त अन्तरवार्ता १५ मिनेट मात्र भएको र त्यो पनि कुनै राजनीतिक वा गम्भीर विषयमा नभएर हल्काफुल्का कुराकानी मात्र भएको बताएका छन्।   
  
तर पछि भएको दोश्रो बैठकको समाचारलाई भने अहिलेसम्म पनि गोप्य राखिएको थियो। उक्त भेटवार्ताको समाचार सोमबारका अमेरिकी पत्रिकाले सार्वजनिक गरेका छन्। 

यसअघि भने उनीहरूबीच सुरुमा भएको घोषित वा औपचारिक बैठकको घण्टौंपछि एकजना रुसी दोभाषे मात्र राखेर करिब एक घन्टासम्म उनीहरुबीच एक्लाएक्लै वार्ता भएको समाचार आएको थियो।  

रुस र ट्रम्पको चुनाव अभियानसँग जोडिएर यसअघि पनि निर्वाचनका समयमा रुसले उनलाई सघाएको समाचार आएको थियो। त्यसपछिको यो अर्को खुलासाले अमेरिकी राजनीतिलाई फेरि एकपटक तताइदिएको छ। 

मङ्गलबार मात्र पनि ह्वाइटहाउसले उहाँहरुबीचको सो वार्तालाप सञ्चारमा आएजस्तो व्यापक र लामो समयको नभएर बेलुकाको खानाको सयममा छोटो वार्ता भएको बताएको थियो ।

तर अमेरिकी पत्रिकाले भने भेटमा अरु कोही नभई दोभासेमात्र राखिएको र एक घन्टासम्म कुराकानी भएको बताएका छन् । दोभाषे पनि रुसी नागरिक रहेको सो समाचारमा उल्लेख गरिएको छ ।  

उक्त अन्तरवार्तामा राष्ट्रपति ट्रम्पले भनेका छन्, ‘त्यो कुनै राजनीतिक वार्तालाप थिएन र बेलुकाको खानाको समयमा भएको अनौपचारिक कुराकानी मात्र थियो।’ 

मलाई लाग्छ त्यतिबेला हामीले रुसले त्यहाँका अनाथ बालबालिकालाई धर्मपुत्र वा धर्मपुत्री राख्न प्रतिबन्ध लगाएको विषयमा हामीले कुरा गरेका थियौँ – राष्ट्रपति ट्रम्पले भने।

उता अमेरिकी गुप्तचर निकायले भने गत वर्षको राष्ट्रपतीय चुनावमा रुसले ट्रम्पलाई सघाएको आरोप लगाउँदै आएको छ। तर, राष्ट्रपति ट्रम्पले उक्त आरोपलाई अस्वीकार गर्दै आएका छन्।

गत हप्तामात्र पनि राष्ट्रपति ट्रम्पका जेठा छोराले रुसी वकिलसँग गरेको कुराकानीको खुलासा भएको थियो। राष्ट्रपति ट्रम्पले सो कुराकानी भएको कुरा स्वीकार गर्दै आफ्नो छोराले इमान्दार र पारदर्शी काम गरेको प्रतिक्रिया दिएका थिए।
- रासस/सिन्ह्वा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell