PahiloPost

Jun 22, 2025 | ८ असार २०८२

काले दाइकी माला लिम्बु सुसनको भिडियोमा



पहिलोपोस्ट

काले दाइकी माला लिम्बु सुसनको भिडियोमा

काठमाडौं: गायक सुसन साम्सोहाङ लिम्बुको नयाँ गीत सार्वजनिक भएको छ। आफ्नो जन्मदिनको अवसर पारेर बुधवार उनले 'तिम्रै लाग्छ पिर’ बोलको म्युजिक भिडियो युट्युबमार्फत सार्वजनिक गरेका हुन्।

गीतमा हरि लम्सालको संगीत निर्देशन रहेको छ। गीतका संगीत संयोजक पनि हरि लम्साल नै हुन्। नरेश भट्टराईले लेखेको गीतको भिडियोमा अभिनेत्री माला लिम्बुको फिचरिङ रहेको छ। केही समय यता फिल्मको आइटम गीतहरु झकास् झापाली, काले दाइ लगायतले उनको चर्चा बढाएको छ। अर्जुन तिवारीद्वारा छायांकन गरिएको उक्त गीतको म्युजिक भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका छन्।

लिम्बु भाषाका गीतमा समेत स्थापित भैसकेका गायक लिम्बुको ‘तिम्रै लाग्छ पिर’ गीतको म्युजिक भिडियोलाई डिआइडी फेम कोरियोग्राफर सुनिल क्षेत्रीले निर्देशन गरेका हुन्। सुनिलद्वारा निर्देशित यो पहिलो म्युजिक भिडियो हो। भिडियोमा सुनिलकै नेतृत्वको नेपाली ठिटोजले पनि प्रस्तुती दिएका छन्।

हेर्नुस् म्युजिक भिडियो:



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell