PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

तेस्रो चरणको निर्वाचनमा यी हुन् कांग्रेसका ५ रणनीति   



आकाश क्षेत्री

तेस्रो चरणको निर्वाचनमा यी हुन् कांग्रेसका ५ रणनीति   

काठमाडौं : प्रदेश नम्बर २ मा असोज २ गते हुन लागेको तेस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेस आन्तरिक रणनीति बनाउन थालेको छ। 

२०७० सालमा भएको संविधान सभाको निर्वाचनमा पहिलो भएको नेपाली कांग्रेस दुई चरणको स्थानीय निर्वाचनमा दोस्रो भएपछि  नयाँ चुनावी रणनीति बनाउन कांग्रेस अघि सरेको हो। यही क्रममा बिहीवार बानेश्वरमा प्रदेश २ मा पर्ने ८ जिल्लाका सभापतिको भेला गराएर चुनावी रणनीतिको तयारी थालेको हो।

उक्त भेलामा पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा लगायत केन्द्रीय सदस्य, प्रदेश नम्बर २ का सांसद् तथा जिल्ला सभापतिहरु उपस्थिति छन्। भेलामा जिल्ला सभापति निर्वाचनमा पराजित उम्मेदवार पनि सामेल छन्।

‘कन्फ्यूजन’ चिर्ने

तेस्रो चरणको चुनावी रणनीति तयार गर्ने उक्त छलफल कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले उपस्थित सम्पूर्ण प्रदेश नम्बर २ का प्रतिनिधिहरुलार्इ केन्द्रको तर्फबाट कन्फ्युजन क्रियट गर्ने सँग सावधान रहन सुझाव दिए।

छलफल कार्यक्रममा आफ्ना दलीय प्रतिनिधिहरुलार्इ चुनावी सुझाव दिँदै नेता पौडेलले कांग्रेस, मधेश र लोकतन्त्र पर्यावाची भएकाले कांग्रेसलार्इ गिराउन  धेरै प्रयत्न भएको बताए। पौडेलले भने,  ‘नेपाली कांग्रेसले सम्पूर्ण नेपालीलार्इ एउटै नजरले हेर्ने भएकाले कन्फ्यूजन क्रियट गर्नेसँग सावधान हुनुपर्छ।’

सम्पूर्ण मधेशी जनताले समान हैसियत प्रप्त गर्न सकुन भनेर नै कांग्रेस अगाडि बडेको बताउँदै नेता पौडेलले उत्पीडित जनताको हातमा अधिकार आउने समेत आश्वासन दिए।    
 

समयमै टिकट

स्थानीय चुनावमा कसलार्इ टिकट दिने कसलार्इ नदिने भन्ने विषयमा अलमल हुँदा चुनावको मिति नजिकिएको र प्रचार प्रसारलार्इ उति समय दिन नसकेको कारण कांग्रेस पछि परेको भन्दै यस पटक समयमा टिकटको छिनोफानो हुनुपर्ने नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाको भनाइ थियो। 

उनले छलफलमा यो निर्वाचनमा असफल भएमा अगाडि आउने दुर्इ वटा चुनाव पनि राम्रो नहुने स्पस्ट पार्दै 'यो चुनाव अत्यन्तै महत्वपूर्ण भएकाले सबै कार्यकर्ता एवं नेताहरु मिलेर अगाडि जानुपर्ने' सुझाव दिए।  

एजेन्डा जनतामा पुर्‍याउने

चुनावी रणनीति तयार पार्ने उक्त छलफल कार्यक्रममा स्थानीय उम्मेद्वारले जनतालार्इ प्रभाव पार्ने कुरा अघि सार्नपर्ने रामचन्द्र पौडेलले बताए।
छलफलमा नेता पौडेलले वृद्धभत्तामा २ हजार बढेको ठूलो कुरा हो कि २० वर्ष उमेर बढेको ठुलो कुरा हो भनेर जनतामाझ आफ्ना एजेन्डाहरु अगाडि सार्न सुझाव दिएका हुन्। 

त्यस्तै नेता  सीतादेवी यादवले पनि जनताको मनसाय बुझेर उम्मेद्वारहरुले एजेन्डा अघिसार्नु पर्ने सुझाव दिएकी छिन्। 

जितप्रति विश्वस्त रहने

कांग्रेस नेता एंव पूर्व गृहमन्त्री विमलेन्द्र निधिले कांग्रेसका उम्मेद्वारलार्इ जितमा प्रतिवद्ध हुनुपर्ने बताएका छन्। हरेक उम्मेवारले आफुले चुनाव जित्नेमा पक्का भएमात्र उसले सफलता पाउने बताए। 

प्रदेश नम्बर २ मा रहेका १२७ वटा स्थानीत तहमा अग्रता ल्याउन पार्टीका प्रतिनिधिहरु प्रतिवद्ध हुनुपर्ने कुरामा नेता निधिले जोड दिए।  

अन्तर्घातीलार्इ पार्टी निकाला 

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालाले  कांग्रेसभित्र अन्तर्घात गर्ने कार्यकर्ताहरुलार्इ कार्बाहीको दायरामा ल्याउने बताए। 

अन्तरघातकै कारण अघिल्ला चुनावमा कांग्रेस पछि परेको प्रस्ट्याउँदै अब अन्तरघात गर्ने कार्यकर्तालार्इ पार्टी निकाला गर्नुपर्ने कुरामा नेताहरुले जोड दिएका हुन्।

अन्तर्घातीकै कारण पार्टी तल झरेको स्पष्ट पार्दै देउवाले भने,  ‘अन्तर्घातीलार्इ कारवाही नभए पार्टी अगाडि बढ्दैन त्यसैले अब अन्तर्घातीहरुलार्इ कारबाही गर्नुपर्छ।’ 

नेता पौडेल कुनै पनि हालतमा अन्तर्घात हुन नदिने कुरा दलीय प्रतिनिधिहरुलार्इ बताए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell