
दमास्कस: सिरियाको दमास्कस नजिकै विद्रोहीले थापेको विद्युतीय धराप (एम्बुस)मा परी कम्तीमा २८ जना सिरियाली सैनिकको मृत्यु भएको छ।
विद्रोहीहरूले पूर्वी घौटामा थापेको एम्बुसमा सुरक्षाकर्मीहरू बिहीबार परेको सिरियन अब्जरभेटरी फर ह्युमन राइटसले जनाएको छ। घटनामा परी केही सैनिक पनि घाइते भएका छन्। रासस/सिन्ह्वा