PahiloPost

Jun 22, 2025 | ८ असार २०८२

मिनी ट्रकबाट खस्दा एकजनाको मृत्यु, एक घाइते



पहिलोपोस्ट

मिनी ट्रकबाट खस्दा एकजनाको मृत्यु, एक घाइते

भक्तपुर: चाँगुनारायण नगरपालिका–५ ढुङ्गेपाटीबाट भक्तपुरतर्फ आउँदै गरेको बा १ क ८५५१ नं को मिनी ट्रकबाट खस्दा घाइते भएका दुईमध्ये एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा दाङ घर भई ढलान काम गर्ने १८ वर्षीय हिमाल घर्तीमगर रहेको प्रहरीले जनाएको छ। घर्तीको भक्तपुर अस्पतालमा उपचारका क्रममा गएराति मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए।

अर्का घाइते सल्यान लक्ष्मीपुर–७ घर भएका १९ वर्षीय शशी श्रीषमगरको भने भक्तपुर अस्पतालमा उपचार भइरहेको छ। मिनी ट्रक र चालक चाँगुनारायण नगरपालिका–७ लाकिला बस्ने ३९ वर्षीय लक्ष्मीजङ्ग सुलुलाई भने प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell