PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

एक वर्षमा २७७ फरार अभियुक्त पक्राउ, १० लाख १५ हजार जरिवाना असुल



पहिलोपोस्ट

एक वर्षमा २७७ फरार अभियुक्त पक्राउ, १० लाख १५ हजार जरिवाना असुल

गौशाला: महोत्तरी प्रहरीले आर्थिक वर्ष २०७३/७४ मा २७७ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक राजकुमार लम्सालका अनुसार महोत्तरी जिल्ला अदालतद्वारा वर्षौंदेखि विभिन्न मुद्दामा दण्ड, जरिवाना र सजाय लागेर भागिरहेका २७७ जनालाई प्रहरीले आव ०७३/७४मा पक्राउ गर्न सफल भएको हो।

त्यस्तै, अदालतद्वारा विभिन्न व्यक्तिलाई ठेकिएको रु १० लाख १५ हजार २६३ जरिवानासमेत प्रहरीले असुलउपर गरेको।

जिल्ला प्रहरी कार्यालय महोत्तरीमा प्रहरी उपरीक्षक राजकुमार लम्साल गत वैशाख ७ गते हाजिर हुने बित्तिकै सोही महिनादेखि जिल्लामा विशेष अभियान चलाएर महोत्तरी प्रहरीले फरार अभियुक्त पक्राउ, जरिवाना र कैद असुलीमा निकै सफलता प्राप्त गरेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell