PahiloPost

Mar 29, 2026 | १५ चैत्र २०८२

चट्याङ लागेर एकको मृत्यु, तीनजना घाइते



पहिलोपोस्ट

चट्याङ लागेर एकको मृत्यु, तीनजना घाइते

पोखरा: पोखरा–लेखनाथ महानगरपालिका–२३ चापाकोटकी २४ वर्षीय सञ्जीता विकको चट्याङ लागेर मृत्यु भएको छ।

बुधबार साँझ घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर गम्भीर घाइते भएकी विकलाई तत्काल उपचारका लागि गण्डकी मेडिकल कलेजमा ल्याइएकामा उपचारका क्रममा विहिबार साँझ उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता खड्गबहादुर खत्रीले बताए।

चट्याङले सो ठाउँका १७ वर्षीया पवित्रा विक, ४३ वर्षीया इला सुनार र २१ वर्षीय वेलबहादुर विक पनि घाइते भएका, पवित्रा र इलाको फिस्टेलमा तथा वेलबहादुरको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रवक्ता खत्रीले जानकारी दिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell