PahiloPost

Aug 4, 2026 | १९ साउन २०८३

पहिरोका कारण पासाङ ल्हामु राजमार्ग अवरुद्ध



पहिलोपोस्ट

पहिरोका कारण पासाङ ल्हामु राजमार्ग अवरुद्ध
तस्बिर : फाइल

रसुवा: गएरातिको वर्षाका कारण पहिरो जाँदा पासाङ ल्हामु राजमार्गको राम्चे खण्डमा सवारीसाधन रोकिएको छ।

राम्चेका समाजसेवी चामसिंह तामाङका अनुसार कालिका गाउँपालिका–१ पुरानो सेनापोस्टदेखि तेम्राङ खोलासम्म करिब ७०० मिटर सडक ठाउँठाउँमा पहिरोले क्षति पुर्‍याउँदा यात्रुवाहक बस र नेपाल–चीनको व्यापारिक सामान ढुवानी गर्ने दर्जनौँ ट्रक तथा कन्टेनर बीचबाटोमा नै रोकिएका छन्।

सदरमुकाम धुन्चेबाट १६ किमी दक्षिणमा पर्ने उक्त पहिरो पन्छाई सवारी आवागमन सञ्चालन गर्न प्रयास शुरु भइरहेको ट्राफिक प्रहरी रसुवाले जनाएको छ।

त्यस्तै, उत्तरी रसुवाको टिमुरे र घट्टेखोलाबीच पहिरो जाँदा सो स्थानमा समेत सडक अवरुद्ध भएको छ। पहिरो खुलाउन सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना र रसुवागढी हाइड्रोपावरको डोजर परिचालन भइरहेको सशस्त्र प्रहरी सीमा सुरक्षा बलका प्रहरी निरीक्षक प्रेमसिंह धामीले जानकारी दिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell