
इनरुवा : सुनसरीको बराह नगरपालिका–६ मा हात्तीको आक्रमणबाट शुक्रबार विहान एकजनाको मृत्यु भएको छ । हात्तीको आक्रमणबाट रामबहादुर मगरको मृत्यु भएको हो।
कोशीटप्पु वन्यजन्तु आरक्षबाट निस्किएको हात्तीले आक्रमण गर्दा उनको मृत्यु भएको हो। शवपरीक्षणका लागि बिपी कोइराला प्रतिष्ठान, धरान लगिएको बताइएको छ। रासस