PahiloPost

May 1, 2026 | १८ बैशाख २०८३

म्यानचेष्टर डर्बीमा युनाइटेडको रवाफ, लुकाकु र रासफोर्डको गोल



पहिलोपोस्ट

म्यानचेष्टर डर्बीमा युनाइटेडको रवाफ, लुकाकु र रासफोर्डको गोल

प्रि सिजन टुर अन्तर्गत अमेरिकामा सुरु भएको इन्टरनेशनल च्याम्पियन्स कप फुटबलमा म्यानचेष्टर युनाइटेले म्यानचेष्टर सिटीलाई पराजित गरेको छ। दुई प्रिमियर क्लबबीको म्यानेचष्टर डर्बी भिडन्तमा युनाइटेडले सिटीलाई २-० ले हराएको हो।

टेक्ससस्थित एनआरजी स्टेडियममा युनाइटेडलाई जित दिलाउन यसै सिजन क्लब भित्रिएका रोमेलु लुकाकु र मार्कवस रासफोर्डले गोल गरे।

लुकाकुसँगै यसै सिजन ओल्ड ट्राफोर्ड पुगेका डिफेण्डर भिक्टोर लिन्डेलोफले सिटी विरुद्ध पहिलो रोजाईँमा खेलेका थिए।

इन्टरनेशनल च्याम्पियन्स फुटबल टुर्नामेन्टको प्रि सिजन टुर तीन देशमा सुरु भइसकेको छ। यसअघि चीनमा भएको खेलमा बोरुसिया डर्टमण्डले एसी मिलानलाई ३-१ ले तथा इंगलिस क्लब आर्सनलले जर्मन क्लब वायर्न म्युनिखलाई पेनाल्टीसुटआउटमा हराएको थियो।

यस्तै टुर अन्तर्गत अमेरिकामै भएको पहिलो खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पिएसजीले इटालियन क्लब एस रोमालाई पेनाल्टी सुटआउटमै ५-३ ले पराजित गरेको थियो।

युनाइटेड, सिटी, रोमा, पिएसजी, बार्सिलोना, रियल मड्रिड, टोटनहम र युभेन्ट्स गरी कूल ८ क्लब अमेरिकन टुरमा समावेश छन्।

यता चीनमा हुने खेलमा आर्सनल र वायर्नसँगै एसी मिलान, इन्टर मिलान, बोरुसिया डर्टमण्ड र लियोनले खेल्नेछन्।

चीनको टुर सकिएपछि वायर्न र इन्टर सिंगापुर टुरमा निसक्नेछन् जहाँ यी दुई क्लबले चेल्सीसँग खेल्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell