PahiloPost

Mar 14, 2025 | ३० फागुन २०८१

अविरल वर्षाले सल्यानको गर्चेबजार जोखिममा



रासस

सल्यान : अविरल वर्षाका कारण सल्यानको बनगाड कुपिन्डे नगरपालिका–४ मा रहेको गर्चेबजार उच्च जोखिममा परेको छ। लगातार वर्षापछि गर्चे बजारनजिकै रहेको बागमारे खोलामा आएको बाढीका कारण बजार क्षेत्र कटान गरेपछि गर्चे बजार जोखिममा परेको हो। 

बाढीले गर्चे बजार रहेको क्षेत्र कटान गरेपछि घरहरु जोखिममा परेको स्थानीयवासी तुल्सीराम बुढाले जानकारी दिए।

वर्षा अझै नरोकिएकाले खोलामा बाढी बढेपछि बजार नै बगाउन सक्ने भएकाले बजार क्षेत्र खाली गरिएको बुढाले जानकारी दिए। हालसम्म गर्चेमा रहेका १० भन्दा बढी घर उच्च जोखिममा रहेको स्थानीयवासी दुर्गा विसीले बताए। 

बाढीले बागमारे खोलाको किनारमा रहेका करिब ५०० रोपनीमा लगाइएको धानखेतीसमेत नष्ट पारेको छ । भर्खरै रोपाइँ गरेर सकिएका बेला बाढी आएर खेती नष्ट गरेपछि किसान चिन्तित भएको स्थानीयवासी रामसिंह विकले जानकारी दिए। 

जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने यस क्षेत्रमा आएको अविरल वर्षाका कारण बागमारे, वनगाडलगायतका खोलामा आउने बाढीले क्षति पुर्याउँदै आएको छ। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell